२५ फागुन, २०७१

मिति २०७१ साल चैत्र २ र ३ गते  का. म. पा. वडा नं. ७ का मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको फोटो खिच्ने  कार्यक्रम  स्थानीय वडामा हुदैछ| यस सूचना मार्फत समयमा नै वडामा उपस्थित भई आफ्नो फोटो खिचाउनु भई आफ्नो नाम  मतदाता नामावलीमा टिपाउन हुन् अनुरोध गर्दछौ | 

२५ फागुन, २०७१

मिति २०७१/ ११/२५ गते देखि का. म. पा. वडा नं. ७ मार्फत बृद्ध तथा एकल महिला दोश्रो भत्ता कृषि विकास बैंक, चाह्बील बाट वितरण हुदैछ| बृस्तृत जानकारीको लागि वडामा सम्पर्क गर्न होला | 

१८ फागुन, २०७१

२०७१ फागुन ४ गते नेपाल टेलीभिजनद्वारा प्रसारित हाम्रो काठमाडौंमा कार्यक्रममा पारदर्शिता तथा सहभगिता मंचको पहिलो पटक प्रसारण गरियो | 

९ फागुन, २०७१

ओपन डेटा डे २०१५ को अवसरमा सम्मानीय गगनकुमार थापाज्युले  पारदर्शिता र सहभागिता मंच का. म. पा. वडा नं. ७ नाममा वेबसाइट वडाबासी समक्ष् बिमोचन गर्नु भयो | 

२९ माघ, २०७१

का. म. पा. वडा नं. ७ को जानकारी वडा नागरिक माझ पारदर्शितासाथ पुर्याउन र वडाका नागरिकहरुलाई वडा बिकासमा सहभागी गराउन पारदर्शिता र सहभागिता मंच का. म. पा. वडा नं. ७ नाममा वेबसाइट का. म. पा. मा पुष २४ गते बुधबार प्रस्तुत गरियो| यो वेबसाइट योंगइंनोवेसनस, काठमान्डौ लिभिङ म्याप, सम्मानीय संसद सदस्य गगन कुमार थापाको संसद कार्यालय र का. म. पा. वडा नं. ७ को समन्वयमा बनाइएको छ |

५ माघ, २०७१

मिति २०७१ पुष ९ गते का. म. पा. वडा नं. ७ कार्यालयमा आगामी आ. ब. २०७२/७३ को लागि नागिरक भेलाद्वारा प्रस्ताव गरेको योजनाहरु संकलन गरियो |

२४ कार्तिक, २०७१

आर्थिक बर्ष २०७०/७१ को बजेटबाट वडाको लागि भएको बिशेष कदमहरुको संक्षिप्त बिबरण तल प्रस्तुत गरिएको छ |

- आर्थिक बर्ष २०७०/७१ को लागि काठमाडौँ महानगरपालिकाले बिभाग अनुसारको कार्यक्रम तथा बजेटमा जनस्वास्थ तथा सामाजिक बिकाश बिभाग अन्तरगत सामाजिक विकास कार्यक्रममा स्थानीयबासीमार्फत वडास्तरमा इनार, सरसफाई र प्राचिन ढुंङगेधारा तथा पानीको मुहान संरक्षण गर्न ५००,००० बजेट विनियोजित गरिएको छ |